क्षेत्री महिला समाज धादिङको अध्यक्षमा दुर्गा अधिकारी

  • २०८२ पौष १०, बिहिबार (१ मिनेट अघि)
  • १० पटक पढिएको
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा दुर्गा अधिकारी

धादिङ– क्षेत्री महिला समाज धादिङको अध्यक्षमा दुर्गा अधिकारी चयन भएकी छिन् । उपाध्यक्षमा साबित्रा कंडेल, सचिवमा बिनु सिंखडा, सह–सचिवमा सपना अधिकारी तथा कोषाध्यक्षमा निलम थापा भण्डारी चयन भएका छन् ।

Advertisement

सदस्यहरुमा सजना थापा, जमुना भण्डारी, नमिता थापा, निशा थापा अधिकारी, दुर्गा ढुङ्गाना, सानुमैया थापा, सावित्री भण्डारी, भिम कुमारी कुंबर, चिनिमैया थापा र अम्बिका लामिछाने चयन भएका छन् ।

यसैगरि वरिष्ठ सल्लाहकार रेखा पण्डित अधिकारीको संयोजकत्वमा चित्रकुमारी भण्डारी, भगबति अर्याल, अप्सरा पाण्डे र सीता कार्की गरि ५ जना सल्लाहकारहरु चयन भएका छन् ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ मा क्षत्री महिलाहरूको हकहित संरक्षण, सशक्तिकरण तथा सामाजिक एकताको उद्देश्यसहित क्षत्री महिला समाज, धादिङ गठन गरिएको अध्यक्ष दुर्गा अधिकारीले बताए । महिलाहरुको शसक्तिकरणको लागि विभिन्न तालीमहरुको आयोजना गरिने र समय समयमा क्षेत्री महिला समाजका हकहितका अभियानहरु सञ्चालन गरिने उनको भनाई छ ।

कार्यक्रममा सहभागी सबैले क्षेत्री महिला समाजको उद्देश्य अनुरुप एकजुट भएर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट