





























धादिङ– अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र अधिकार सम्बन्धी धादिङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिमा पहुँच पुर्याउन र अधिकार सुनिश्चित गर्न सहयोग पुर्याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।



अपाङ्गताको पहिचान रोकथाम र न्यूनिकरण हाम्रो अभियान भन्ने मूल मर्मका साथ सामाजिक विकास कार्यालय गजुरीको सहयोगमा अपाङ्गता पुस्र्थापन समाज धादिङले कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूले सामना गरिरहेका राजनीतिक तथा कानुनी चुनौती, मताधिकारको प्रयोग, प्रतिनिधित्वको अभाव तथा पहुँचयुक्त संरचनाको आवश्यकता रहेको बताएका छन् ।
साथै स्थानीय तहदेखि संघीय तहसम्म अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता बढाउन नीतिगत सुधार र व्यवहारिक पहल आवश्यक रहेको उनीहरुले जोड दिएका छन् । विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, हेटौंडाका कार्यालय प्रमुख रमेश घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता सुनिश्चित गर्न राज्यका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । समावेशी लोकतन्त्रको आधार समान सहभागिता भएको उल्लेख गर्दै सबै राजनीतिक दल तथा सरोकारवाला निकायले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । त्यस्तो हुन सके राजनितिक क्षेत्र र नेतृत्व तहमा अपाङ्गता भएकाहरुको पहुँच पुग्ने उनले बतााए ।

अपाङ्गता पुस्र्थापन समाज धादिङका अध्यक्ष अश्विन लम्सालले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र नेतृत्व तहमा सक्रिय सहभागिता बढाउन आवश्यक रहेको बताए । अधिकार प्रवद्र्धन र राजनीतिक सशक्तीकरणमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
