आफ्नै नयाँ भवनमा सुन्दर बस्ती टोल विकास संस्था

  • २०८२ पौष २६, शनिबार (१ दिन अघि)
  • ५६ पटक पढिएको
आफ्नै नयाँ भवनमा सुन्दर बस्ती टोल विकास संस्था

धादिङ- नीलकण्ठ नगरपालिका–४ स्थित सुन्दर बस्ती टोल विकास संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । संस्थाले १० लाख लगानीमा निर्माण गरेको नव निर्मित भवनको एक कार्यक्रमका विच शनिवार उद्घाटन गरिएसँगै नयाँ भवनबाट सेवा सुरु भएको हो ।

Advertisement

दिपावलीको अवसरमा देउसी भैलो खेलेर जम्मा गरिएको ५ लाख रुपैयाँ र श्रमदान गरी करिव १० लाख लगानीमा भवन निर्माण गरिएको संस्थाका सचिव भेषराज ठकुरीले जानकारी दिए ।

टोल विकास संस्था स्थानीय विकासको मेरुदण्ड भएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले बताएका छन् । यस्ता संस्थाका भौतिक संरचनाले सामुदायिक गतिविधिलाई थप सशक्त बनाउने भवन उद्घाटन समारोहको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नगरपालिकाले स्थानीय तहमा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर योजनाहरु बनेका छन् । समन्वय र सहकार्यले विकास निर्माण र सामाजिक रुपान्तरणमा ठूलो सहयोग पुग्नेछ’ उनले भने ।

त्यसैगरी, नीलकण्ठ नगरपालिका–४ का वडा अध्यक्ष हरिबहादुर श्रेष्ठले शुभ कर्म आमा समूहको कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीयवासीहरूले भवन बनिसकेपछि स्थानीयबासीहरुका लागि ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छन् । नव निर्मित भवनबाट बैठक, सामाजिक कार्यक्रम तथा विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट