सानीमायाँ चेपाङलाई सहयोग जुट्दै

सानीमायाँ चेपाङलाई सहयोग जुट्दै

धादिङ- चितवन राप्ती नगरपालिका–१२ की सानीमाया चेपाङको परिवारलाई सहयोग जुट्न थालेको छ । विगत ३ वर्षदेखि धादिङको मलेखुमा साहुको घरमा बस्दै आएका परिवारको श्रीमान बाहेक चार सन्तान र सानीमायाँको नागरिकता र जन्मदर्ता छैन । पिडुँलामा घाउ भएर धादिङ अस्पतालमा उपचार गरिरहेकी उनीले आर्थिक अवस्था कमजोरका कारण कागजात बनाउन सकेकी छैनन् ।

Advertisement

अहिले सहयोगी दाताहरुबाट सानीमायाँको परिवारलाई सहयोग जुट्न थालेको छ । नीलकण्ठ नगरपालिका–३ पहरे चौतारा निवासी सूर्य श्रेष्ठले सानीमायाँको परिवारलाई जन्मदर्ता, नागरिकता बनाउनका लागि ५ हजार ५० रुपैयाँ सहयोग गरेका छन् । विपन्न र सीमान्तकृत समुदायको पीडामा सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गर्दै उनले कागजपत्र बनाउन लाग्ने थप रकम पनि सहयोग गर्ने बताएका छन् ।

नेपालपथ डटकममा ‘समस्याको भूमरीमा नागरिकताविहीन सानीमायाँ चेपाङ’ भन्ने शिर्षकमा समाचार प्रकाशन भएपछि सहयोग जुट्न थालेको हो । अस्पतालमा उपचाररत सानीमायाँकी माइली छोरीको करिव ३० हजार रकम बराबरको उपचार निशुल्क गरिएको धादिङ अस्पतालकी सूचना अधिकारी डाक्टर अस्मिता कटुवालले जानकारी दिइन् । खुट्टाको गम्भीर घाउका कारण अपरेशन गर्नुपरेकी रस्मितालाई थप केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले अस्पतालले अपरेशनसहित उपचार र खानाको समेत व्यवस्था गरिदिएको उनले बताइन्।

१४ वर्षमै विवाह भएर १५ वर्षको उमेरमै आमा बनेकी सानीमायाँ चार सन्तानकी आमा हुन्। तर, उनी स्वयं नागरिकताविहीन छिन्। नागरिकता नहुँदा उनका छोराछोरीको जन्मदर्ता बन्न सकेको छैन, जसले उनीहरूको शिक्षा र भविष्य नै अन्योलमा पारेको छ। “नागरिकता बनाउन पैसा छैन, नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता बन्द भएको हो । अब आफ्नो नागरिकता र छोराछोरीको जन्मदर्ता बनाउँछु ,” उनले भावुक हुँदै भनिन्।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट