धादिङ महोत्सवमा ‘फ्रि’मा सिमकार्ड वितरण गर्दै नेपाल टेलिकम

धादिङ महोत्सवमा ‘फ्रि’मा सिमकार्ड वितरण गर्दै नेपाल टेलिकम

धादिङ– दशौं धादिङ महोत्सवमा नेपाल टेलिकम धादिङले निःशुल्क सिमकार्ड वितरण गर्ने भएको छ । माघ १५ अर्थात भोलिदेखि सुरु हुन लागेको महोत्सवमा नमस्तेको निःशुल्क सिमकार्ड वितरण गर्न लागिएको हो ।

Advertisement

नेपाल टेलिकमको सेवाग्राहीको प्रयोगकर्ता वृद्धि गर्ने तथा सहज रुपमा सिमकार्ड उपलब्धता गराउने उद्देश्यले महोत्सवमा नेपाल टेलिकमले स्टल नै राखेर निःशुल्क सिमकार्ड वितरण गर्न लागिएको नेपाल टेलिकम धादिङका प्रमुख विकाश महर्जनले बताए । ‘भोलि १४ गतेदेखि धादिङ उद्योग वाणिज्य संघले दशौं धादिङ महोत्सव गर्न लागेको छ । करिव १० दिनसम्म चल्ने यस महोत्सवमा निशुल्क सिमकार्ड वितरण गर्छाैं’, उनले भने– ‘सिमकार्ड लिन इच्छुक सेवाग्राहीले नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो ल्याउनु पर्ने हुन्छ । सिमकार्डमा सिमित व्यालेन्स र डाटा पनि हुन्छ । सिमकार्डको पैसा लाग्दैन ।’

FTTH नयाँ जडानका तथा मर्मतका लागि १९८ मा कल गर्न सकिन्छ। नेपाल टेलिकमले NT Fiber Net, Namaste Wifi सेवा दिदै आएको छ । धादिङमा इन्टरनेट सेवा लिने करिव करिव ३ हजार सेवाग्राही रहेको महर्जनले बताए । धादिङको जिल्ला सदरमुकाम धादिङबेसी, सल्यानटार, नौविसे, महादेवबेसी, सिम्ले, गल्छी, आदमघाट, गजुरी, मलेखु, बेनीघाट, चरौंदी लगायतका क्षेत्रमा इन्टरनेट सेवा प्रवाह भइ रहेका छन् । आगामी दिनमा उत्तरी धादिङका ठाउँहरुमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट