नेपाल पत्रकार महासंघ धादिङद्वारा चार जना पत्रकारहरु सम्मानित

  • २०८२ माघ १९, सोमबार (४ महिना अघि)
  • १२० पटक पढिएको
नेपाल पत्रकार महासंघ धादिङद्वारा चार जना पत्रकारहरु सम्मानित

काठमाडौं– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले चार जना पत्रकारलाई सम्मान गरेको छ। धादिङमा रहेर पत्रकारिता गरिरहेका चारजना पत्रकारहरूलाई छुट्टाछुट्टै विधामा पुरस्कृत गरेको हो ।

जिम्मेवार पत्रकारिता निर्वाचन रिपोर्टिङ र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया तथा पुरस्कार अर्पण कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ धादिङले धादिङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका क्रियाशील चारजना पत्रकारहरूलाई पुरस्कृत गरेको हो । जसमध्ये, राजेन्द्रप्रताप शाह स्मृति पत्रकारिता पुरस्कारबाट केशव अधिकारी, सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पोषनाथ अधिकारी, विकास पत्रकारिता पुरस्कारबाट राजन अधिकारी र शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कारबाट रामबहादुर ठकुरी ‘आशिष’ पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले धादिङ पत्रकारिता क्षेत्रको उर्वर भूमि रहेको भन्दै पत्रकारिता क्षेत्रमा पत्रकार र सञ्चारमाध्यमले ठूलो भूमिका खेलेको बताए। ‘पुरस्कार पत्रकारिता कर्मको सम्मान हो जसले अझै सक्रिय बन्नको लागि प्रेरणा मिल्दछ । पुरस्कारको वजनले थप जिम्मेवारीलाई बहन गर्न मद्दत गर्दछ । प्रेस काउन्सिल नेपालले ५० वर्ष पत्रकारिता गरेकाहरूलाई सम्मान गर्नुपर्छ भनेर यस्ता पुरस्कारहरूको निर्णय गरेको छ । नीति नियम र आचारसंहितामा रहेर पत्रकारिता गर्ने र गराउनुका साथै पत्रकारिता क्षेत्रमा उत्प्रेरणा जोगाउन काउन्सिल लागिरहेको छ’ उनले भने ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले स्वर्गीय सिताराम प्रसाद वर्मा र राजेन्द्र प्रताप शाहको पत्रकारिता इतिहासको खुलेरै प्रशंसा गरेकी छिन्। पत्रकारिता क्षेत्रमा उहाँहरुले पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँहरुले देखाउनुभएको बाटो पछ्याउनुपर्ने उनले बताइन्। त्यस्तै, शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कार निरन्तरता गर्नु पर्नेमा जोड दिएकी छिन् ।

त्यस्तै ज्वालामुखी गाउँपालिका धादिङका अध्यक्ष यामनाथ दनैले विगतको पत्रकारिता र हालको पत्रकारिता बीचको विगत र इतिहास सम्झँदै धादिङको पत्रकारिता क्षेत्रलाई अझै अब्बल बनाउनु पर्नेमा जोड दिए । त्यसका लागि ज्वालामुखी गाउँपालिका सधैंव साथ, सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको उनले बताए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट