





























बोनम्यारो क्यान्सर पीडित ४ वर्षीय आयुषको उपचारका लागि सहयोगको अपिल
धादिङ- धादिङको ज्वालामुखी गाउँपालिका– ४ पुर्सुका बोनम्यारो क्यान्सर पीडित ४ वर्षीय आयुष रिजालको उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् ।

भारतको दिल्लीस्थित राजिवगान्धी अस्पतालमा उनको उपचार भइ रहेको छ । बोनम्यारो प्रत्यारोपणका लागि भारतिय ६० लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने अस्पताल श्रोतले जानकारी दिएको आयुषका ठूल्बुबा ईश्वर रिजालले बताए । ‘आर्थिक अवस्था कमजोर भएकोले भारतिय ६० लाख रुपियाँ जुटाउन सम्भव छैन । हाम्रो श्रीसम्पत्ति बेचे पनि त्यति रकम उठ्दैन । छोरा बचाउन डाक्टर पैसा जम्मा गरिदिनुहोस् भन्नुहुन्छ, हामीसँग पैसा छैन । छोरा कसरी बचाउने होला’ लामो सास फेर्दै उनले भने ।

‘२०८२ कात्तिक २३ गतेदेखि नेपालमा १२ लाख र भारतमा करिव ९ लाख रकम उपचारमा खर्च भयो । भारतमा उपचाररत आयुषलाई उपचारका लागि तत्काल भारतीय रूपैयाँ ६० लाख रकम जुटाउन नसके छोरा बचाउन नसकिने अस्पतालले जनाएको छ’ उनले भने– ‘१६ लाख रकम सहयोग वापत उठेको थियो । केही नेपालमा त केही भारत उपचार गर्दा सकियो । ६० लाख रकम कसरी जुटाउने र छोरा बचाउने भन्ने चिन्ताले पिरोलेको छ । सहयोगी दाताहरुको आश नै अन्तिम विकल्प हो । सहयोग गरिदिनुहोस् न है ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
