





























धादिङ– जिल्ला सुरक्षा समिति धादिङले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको निर्वाचन आचारसंहिताका विषयमा छलफल गरेको छ । जिल्लामा क्रियाशील गैरसरकारी संस्था र पत्रकारहरूसँग निर्वाचन आचार संहिताका विषयमा छलफल कार्यक्रम गरेको हो ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले निर्वाचन आचार संहिता उल्लङ्घन हुने खालका कुनै पनि गतिविधि नगर्न गैरसरकारी संस्था र पत्रकारहरुलाई आग्रह गरेका छन् । ‘आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गराउन सबैको दायित्व हो । सबैले आआफ्नो क्षेत्रबाट निर्वाचन आचार संहिता पालना गर्ने र गराउने काममा लाग्यो भने निर्वाचन सफल हुन्छ।’
उनले भने- ‘गैरसरकारी संस्थाहरुले वितरण गर्ने राहत, अनुदान, विकासका नाममा गर्नेगतिविधि रोकेर मतदाताशिक्षाका लागि लाग्न आग्रह छ । यो निर्वाचन सफल बनाउने हामी सबैको दायित्व हो । सबैलाई सहयोग गरिदिनुहुन अनुरोध छ।’
त्यस्तै, कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक सुमित खड्का लगायतका सुरक्षा निकायका प्रमुखहरुले आचारसंहिता पालना गर्ने र कतै उल्लङ्घन भइहालेमा जानकारी गराइदिनुहुन अनुरोध गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
