विकासको २० वर्षे दीर्घकालीन रणनीति योजना बनाउँछौं: उम्मेदवार श्रेष्ठ

  • २०८२ माघ २६, सोमबार (२६ मिनेट अघि)
  • ८ पटक पढिएको
विकासको २० वर्षे दीर्घकालीन रणनीति योजना बनाउँछौं: उम्मेदवार श्रेष्ठ

धादिङ– धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका बोध नारायण श्रेष्ठले धादिङको विकासको २० वर्षे दिर्घकालिन रणनीति योजना बनाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रतिवद्धता पत्रमार्फत जिल्लाको विकास र समृद्धिको खाका बनाउने योजना रहेको बताएका हुन् ।

हालसम्म जिल्लाको २० वर्षे रणनीति योजना तयार नभएको र योजनाबद्ध विकास आवश्यक रहेको भन्दै उनले सामाजिक सुरक्षा कार्यक्रम नागरिकले सेवा पाउनेगरि परिमार्जन गर्नु पर्ने, कृषि पर्यटनको विकास र विकासलाई संजालीकरण गर्ने योजनामा आफू रहेको बताए । अनुसन्धान र नवप्रवर्धनलाई अबलम्बन गरेर विकासका काम गर्ने निति बनाउन मतदाताले आफूलाई मतदान गर्ने जिकिर गरे ।

पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार श्रेष्ठ, चुनाव परिचालन समितिका संयोजक डाक्टर कृष्णमान शाक्य लगायतका रास्वपाका नेताहरु कार्यक्रममा सहभागी रहेका थिए । रास्वपाले जनसम्बादको नामबाट त्रिपुरासुन्दरी, ज्वालामूखी, नीलकण्ठ, गंगाजमुना लगायतका स्थानमा मतदाता भेटघाट कार्यक्रम गरिसकेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट