खनिजजन्य उत्खनन् सम्बन्धि स्पष्ट नीति ल्याउँछौँ: उम्मेदवार घले

  • २०८२ माघ २९, बिहिबार (३ घण्टा अघि)
  • १६ पटक पढिएको
खनिजजन्य उत्खनन् सम्बन्धि स्पष्ट नीति ल्याउँछौँ: उम्मेदवार घले

धादिङ – आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर घलेले २०७२ सालको भूकम्पबाट विस्थापित समुदायसँग छलफल गरेका छन्।

मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उत्तरी धादिङबाट विस्थापित भई नीलकण्ठ नगरपालिका–१२, दामगाडेमा बसोबास गरिरहेका समुदायसँग उनले छलफल गरेका हुन्। छलफलका क्रममा विस्थापित समुदायले घले विकासप्रेमी र धादिङको प्रतिनिधित्व गर्न सक्षम उम्मेदवार रहेको बताउँदै मतदान गर्ने आश्वासन दिएका छन् । २०७० सालमा संविधान लेख्ने महत्वपूर्ण भूमिकामा पठाउँदा उनले जिम्मेवारी पूरा गरेको भन्दै समुदायले धन्यवादसमेत व्यक्त गरेका छन् ।

समुदायका समस्या र सवाल सुन्दै उम्मेदवार घलेले २०७० सालमा निर्वाचित गराएर संविधान लेखन जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएकोमा मतदाताप्रति आभार व्यक्त गरे। संविधानमार्फत दुर्गम बस्तीका नागरिकहरूको हकअधिकार सुनिश्चित गर्ने जिम्मेवारी आफूले पूरा गरेको उनले बताए।

‘संविधानसभा सदस्य भएर संविधान लेख्ने महत्वपूर्ण जिम्मेवारी मिल्यो र मैले पूरा गरेँ। अझै उत्तरी धादिङका नागरिकहरूको आवश्यकता र चाहना सम्बोधन हुने थुप्रै काम बाँकी छन्। नागरिकको अवस्था र व्यवस्था फेरिने खालका नीति, नियम, कानुन र संविधान संशोधन आवश्यक छ । गाउँमै रोजगारी सिर्जना हुने खालका कामहरू गर्नुपर्नेछ,’ उनले भने, ‘उत्तरी धादिङको दिगो विकास, खनिजजन्य उत्खननका लागि आवश्यक नीति तथा कानुन निर्माण तथा अधुरा काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ। विश्वास छ, तपाईंहरूले मत दिएर तपाईंहरूको अधिकार अझ मजबुत र जनजीवन फेरिने खालको काम गर्न सेवक बन्ने अवसर दिनुहुनेछ ।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट