रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिता, ४० विद्यार्थी पुरस्कृत

  • २०८२ माघ २९, बिहिबार (१ घण्टा अघि)
  • १२ पटक पढिएको
रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिता, ४० विद्यार्थी पुरस्कृत

धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलले नृत्य प्रतियोगिता आयोजना गरेको छ। विद्यार्थीहरूको प्रतिभा पहिचान गर्दै मनोरञ्जनका साथै शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा विद्यालयका ११० जना विद्यार्थीहरू सहभागी भएका थिए। सहभागीमध्ये प्रत्येक कक्षाबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने ४/४ जना गरी ४० जना विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयकी प्रधानाध्यापक संगीता श्रेष्ठले जानकारी दिइन्। साथै, प्रतियोगितामा सहभागी सबै ११० जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ।

प्रधानाध्यापक संगीता श्रेष्ठका अनुसार २०६४ सालमा स्थापना भएको यस विद्यालयमा हाल ५ सय ५० जना विद्यार्थी अध्ययनरत छन्। ‘घर बलियो हुन जग बलियो हुनुपर्छ भनेजस्तै विद्यार्थीहरूको सुनौलो भविष्यका लागि प्रारम्भिक वर्षहरू अत्यन्त महत्वपूर्ण हुन्छन्,’ उनले भनिन्, ‘किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापहरू पनि उत्तिकै आवश्यक छन्। वार्षिक क्यालेन्डर बनाएर विभिन्न प्रतियोगिता तथा गतिविधि सञ्चालन गर्दै आएका छौं।’

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट