





























धादिङ– ३१औँ जनयुद्ध दिवसको अवसरमा जिल्लाको सदरमुकाम धादिङबेसीमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी नीलकण्ठ नगर समितिको आयोजनामा सहिदहरूको सम्झना र सम्मानस्वरूप दीप प्रज्वलन गरिएको हो।
जनयुद्धका क्रममा धादिङमा ११४ जना सहिद र २६ जना बेपत्ता भएका छन्। देशको अवस्था र व्यवस्था परिवर्तनका लागि बलिदानी दिएका ती सहितहरूको सम्झना र सम्मानस्वरूप दीप प्रज्वलन गरिएको नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले बताएका छन् ।

१० वर्षीय जनयुद्धले देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता उपलब्धिहरू नेपाली जनताले पाएको भन्दै नेपाली राजनीति इतिहासमा सबैभन्दा ठूलो परिवर्तन रहेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी बाटो उम्मेदवारी दिएका रामबहादुर भण्डारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
