काठमाडौंस्थित कलंकीमा त्रिमूर्ति मोबाइल हाउसको नयाँ शाखा विस्तार

  • २०८२ फागुन २, शनिबार (१ घण्टा अघि)
  • १० पटक पढिएको
काठमाडौंस्थित कलंकीमा त्रिमूर्ति मोबाइल हाउसको नयाँ शाखा विस्तार

काठमाडौं- त्रिमूर्ति मोबाइल हाउसले काठमाडौँको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ। जिल्लाको सदरमुकाम धादिङबेसीमा तीनवटा शाखा सञ्चालन गरिरहेको त्रिमूर्ति मोबाइल हाउसले चौथो शाखाको रुपमा काठमाडौँको कलंकीमा नयाँ शाखा विस्तार गरेको हो।

ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले काठमाडौँको कलंकीमा  नयाँ शाखा विस्तार गरेको त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले बताए । ‘२०६९ सालदेखि यस क्षेत्रमा छौं । मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरू राखेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उनले भने– ‘मिलनटोल, विचबजार, पुछारबजार र अहिले काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं ।’

शाखा विस्तारका क्रममा विभिन्न खेल खेलाउदै ग्राहक तथा सहभागीहरुलाई उपहार समेत वितरण गरिएको छ । हरेक महिना ग्राहकहरूबाट लकी ड्र मार्फत सुनको औठी उपहार दिँदै आएको छ। यससँगै २०८१ मा त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट