धादिङ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वाचापत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि वाचा पत्र सार्वजनिक गरेको हो ।
रास्वपाले दीर्घकालिन दृष्टिकोणसहित २० वर्षे धादिङ विकास योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भ्रष्टचारमुक्त प्रशासन, प्रभावकारी सेवासहितको सुशासन र संस्थागत सुधार गर्ने, उत्पादनमूखी अर्थतन्त्र र रोजगारीका लागि कृषि, पर्यटन उद्योग उर्जा तथा साना मझौला उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने बाचा पत्रमा उल्लेख छ ।

त्यसैगरी, स्वास्थ्य र सामाजिक सुरक्षा, शिक्षा र मानव पुजी विकास, पूर्वाधार र कनेक्टिभिटीमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण, सांकोष तिप्लिङ सडक निर्माण प्राथमिकतामा राखेका छन् । वातावराण संरक्षण र विपद् व्यवस्थापन, अध्ययन अनुसन्धान, प्रवास र ब्रेन गेन, सामाजिक न्यायसहित समावेशी विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार श्रेष्ठ सहभागी भएनन् । जिल्लाका विभिन्न ठाउँहरुमा वाचा पत्र सार्वजनिक गर्ने क्रममा श्रेष्ठ रुवीभ्याली पुगेकाले सोही स्थानबाट बाचा पत्र सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।