





























धादिङ- धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोध नारायण श्रेष्ठ विजयी भएका छन् । उनले २६ हजार १ सय ४५ मत ल्याई विजयी भएका हुन् ।


उनका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २ सय ७९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका धन बहादुर घलेले १० हजार ८४, नेपाली कम्यूनिष्ट पार्टीका राम बहादुर भण्डारीले ९ हजार ३६ मत प्राप्त गरेका छन् । एमाले र कांग्रेसकै गढ मानिने धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार श्रेष्ठ विजयी भएका हुन् । ५ हजार ८ सय ६६ मतान्तरले श्रेष्ठ विजयी भएका हुन् ।
धादिङ क्षेत्र नम्बर २ मा रुवीभ्याली गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, खनियाँबास गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका रहेका छन् । यस निर्वाचन क्षेत्रमा २०७० मा नेकपा एमालेका धनबहादुर घले, २०७४ मा खेम प्रसाद लोहनी र २०७९ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले जित निकालेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
