नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले दिए राजीनामा

  • २०८२ चैत्र ५, बिहिबार (१ मिनेट अघि)
  • ८ पटक पढिएको
नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले दिए राजीनामा

धादिङ- नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

Advertisement

तरुण दलको विधान २०१० संशोधनसहित धारा ४ को (ख) अनुसार ४५ वर्ष नाघेको व्यक्ति सदस्य रहन नमिल्ने प्रावधान रहेकाले उमेर हदका कारण पदमा बसिरहन उपयुक्त नहुने र हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङका दुवै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवारहरूलाई जिताउन नसकिएकोले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका छन् ।

२०६४ सालदेखि तरुण दल धादिङको नेतृत्वमा सक्रिय रहदै आएका थिए । संस्थापक सदस्य जिल्ला सदस्य हुदै अध्यक्षमा लामो समय जिम्मेवारी वहन गर्दै आएका उनले २०८२ चैत ५ गते राजीनामा दिएका हुन् ।

आफ्नो कार्यकालमा संगठनका सदस्यहरु वडा देखि केन्द्र र संसददेखि मन्त्रीसम्म देख्न पाउँदा खुसी लागेको उनले बताए । तरुण दलका अन्य साथीहरुलाई पनि तरुण दलको विधि र विधान तथा सिद्धान्तको आधारमा अझै संस्थालाई उचाईमा लैजान योगदान गर्ने अपेक्षा रहेको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट