





























काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको हो ।
मूल्यवृद्धिपछि बुधबार रातिबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ८७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान १ सय ६७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने प्रणालीअनुसार गत १ चैतमा मूल्य बढाएको निगमले आगामी १५ चैतमा मूल्य समायोजन गर्ने कार्यतालिका छ। तर, चार दिनअघि नै निगमले घाटापूर्ति गर्नुपर्ने भन्दै ठुलो अन्तरले मूल्य बढाएको हो।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
