रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह

  • २०८२ चैत्र १२, बिहिबार (१ मिनेट अघि)
  • ५ पटक पढिएको
रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता बनाउने निर्णय सर्वसम्वत रुपमा पारित गरेको छ । पार्टी अध्यक्ष रवि लामिछानेले राखेको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको हो।

रास्वपाको संसदीय दलको नेता बनेसँगै शाहलाई प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खुलेको छ । यसअघि रास्वपाको केन्द्रीय समितिको बैठकले सर्वसम्वत रुपमा शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो ।

संविधानको धारा ७६को उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ भनिएको छ । उसकै अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने भनिएको छ ।

रास्वपासँग सहज बहुमत भएकाले राष्ट्रपतिले उनलाई धारा ७६ को उपधारा १ अनुसार प्रधानम्त्री नियुक्ति दिँदै भोलि शुक्रबार शपथ खुवाउने कार्यसूची रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट