श्रम सम्मानको सन्देश लिएर गाउँ–गाउँमा अभिमुखीकरण

श्रम सम्मानको सन्देश लिएर गाउँ–गाउँमा अभिमुखीकरण

धादिङ – धादिङको गङ्गाजमुना गाउँपालिका–४ सातदोबाटोमा राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत वडाका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवालाहरूको सहभागितामा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ।

‘श्रमको सम्मान राष्ट्रको अभियान, न्यूनतम रोजगार नागरिकको अधिकार’ भन्ने मूल नारासहित गङ्गाजमुना गाउँपालिका रोजगार सेवा केन्द्रले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा रोजगार सहायक अनुजा गुरुङले श्रमप्रतिको सम्मान बढाउनुपर्ने, कामको आधारमा कुनै पनि विभेद गर्न नहुने तथा स्वदेशमै काम, स्वदेशमै सम्मान भन्ने अवधारणालाई व्यवहारमा लागू गर्ने लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

अभिमुखीकरण कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष प्रेम घले, वडा सदस्यहरू नागरिक समाजका अगुवाहरू लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले श्रमको मूल्याङ्कन गर्दै सबै पेशा र कामलाई समान रूपमा सम्मानित बनाउनेतर्फ सामूहिक प्रयास आवश्यक रहेको बताएका छ्न् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट