लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल 

  • २०८२ चैत्र २१, शनिबार (२ महिना अघि)
  • ६४ पटक पढिएको
लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको अध्यक्षमा राजाराम रिजाल 

धादिङ– लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको अध्यक्षमा लाइन राजाराम रिजाल चयन भएका छन्। धादिङबेसीस्थित सम्पन्न “Election Program” मार्फत लायन वर्ष २०२६–२७ का लागि रिजाल चयन भएका हुन्।

रिजालको नेतृत्वमा गठन गरिएको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा लायन डाक्टर दिनेश रेग्मी, द्वितीय उपाध्यक्षमा लायन तारा रिजाल, सचिवमा लायन सुदर्शन गोम्जा र कोषाध्यक्षमा लायन बेदनाथ दनै चयन भएका छन् ।

यसैगरी क्लब एड्मिनिस्ट्रेटरमा लायन मन्दिरा आचार्य, सह–सचिवमा लायन डा. रेशम विक्रम सिन्जाली, क्लब डाइरेक्टरमा लायन डा. अशोक छत्कुली, सर्भिस चेयरपर्सनमा लायन राजेश गुरुङ र मार्केटिङ चेयरपर्सनमा लायन हरी बहादुर चयन भएका छन् । सदस्यहरूमा पवित्रा लम्साल, जीत कुमारी गिरी, श्याम अधिकारी, राज कुमार ढुङेल, राम बहादुर श्रेष्ठ, अशोक विक र मालती रसाइली चयन भएका छन्।

कार्यक्रमका अध्यक्ष लायन विक्रम विश्वकर्मा, लायन कृष्ण प्रसाद ढकाल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतका अतिथिहरूले नव–निर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै सामाजिक कार्य गर्दै आएको यस संस्थाले सामाजिक रूपान्तरणको क्षेत्रमा अझै धेरै काम गर्न र सहकार्य रहने बताएका छन्।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट