त्रिमूर्ति मोबाइल हाउसको स्कुटर उपहार विजन शाहले जिते

त्रिमूर्ति मोबाइल हाउसको स्कुटर उपहार विजन शाहले जिते

काठमाडौंं– त्रिमूर्ति मोबाइल हाउसको स्कुटर उपहार नीकलण्ठ नगरपालिका– १४ धुवाकोट रातमाटेका विजन शाहले जितेका छन् । नयाँ वर्षको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि लक्की ड्र मार्फत प्रदान गरिएको हिरोको जुम स्कुटर शाहले जितेका हुन् ।

Advertisement

२०८२ सालभर आफ्ना शाखाहरुबाट मोवाइल खरिद गरेका करिव पाँच हजार ग्राहकहरुमध्येबाट लक्की ड्र मार्फत प्रदान गरिएको हो । शाहले मोबाइल किनेकै भरमा स्कुटर जितेको भन्दै खुसी व्यक्त गरे । ‘पहिलेदेखि नै त्रिमूर्ति मोबाइल हाउसमा मोबाइल लगायत अन्य सामाग्रीहरु किन्थें । यो पसल विश्वासिलो र भरपर्दाे छ’ उनले भने–‘यो स्कुटर जितेपछि झनै विश्वास थपिएको छ । हामी त स–परिवार खुसी छौं । म अनि हाम्रो परिवार मात्र होइन, साथीभाई सबैलाई त्रिमूर्ति मोबाइल हाउसमै आउन अनुरोध गर्दछु । यो पटक मैले जितेँ अब पालो तपाईहरुको हो ।’

अघिल्लो वर्ष २०८१ मा मोबाइल खरिद गरेका ग्राहकहरुमध्येबाट त्रिमुर्ती मोबाईल हाउसले २०८२ बैशाख १ गते नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरुमध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।

त्यसैगरी, त्रिमूर्ति मोबाइल हाउसले हरेक महिना लक्की ड्र मार्फत ग्राहकहरूलाई सुनको औठी उपहार दिँदै आएको छ । चैत महिनाको सुनको औठी गङ्गाजमुना गाउँपालिका– २ की सिमा तामाङले जितेकी छिन् ।

२०६९ सालबाट व्यवसाय शुभारम्भ गरेको त्रिमूर्ति मोबाइल हाउसले चारवटा शाखा सञ्चालन गर्दै आएको छ । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसले धादिङमा तीनवटा र काठमाडौँको कलंकीमा समेत शाखा विस्तार गरेकोे त्रिमूर्ति मोबाइल हाउसका प्रोप्राइटर ईश्वर श्रेष्ठले बताए ।

‘२०६९ सालदेखि यस क्षेत्रमा छौं । मोबाईल, ल्यापटप, accessories लगायत सामग्रीहरू राखेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उनले भने– ‘मिलनटोल, विचबजार, पुछारबजार र काठमाडौँस्थित कलंकीसहित चारवटा स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट