





























काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित भएका छन् । दशौँ महाधिवेशनले बलामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य र उपाध्यक्ष (महिला) मा दिपज्योती थापा चयन भएका छन् । त्यसैगरी, महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जलिम निर्वाचित भएका छन् । कोषाध्यक्षमा मनिष अञ्जान र सहकोषाध्यक्षमा अर्जुन गुरागाईं चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्।
बलामी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संघीय समितिको महासचिव समेत हुन् । चलचित्र पत्रकारिताको विकास, व्यवसायिकता अभिवृद्धि र पत्रकारहरूको हकहित संरक्षणको क्षेत्रमा देखिनेगरी काम गर्ने नवनिर्वाचित अध्यक्ष बलामीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
