





























काठमाडौं– धादिङको ज्वालामुखी गाउँपालिका–४ का करिव ४७ वर्षीय सन्दीप मगरको हावाहुरीले ढलेको रुखले लाग्दा ज्यान गएको छ । हावाहुरीका कारण ढलेको रुखले लागेर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
स्थानीयका अनुसार मगर रूखले चेपेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
