सिटिजन्स बैंक इन्टरनेसनद्धारा महाकाली माविलाई शैक्षिक सहायक सामाग्री हस्तान्तरण

  • २०८३ बैशाख ११, शुक्रबार (१ महिना अघि)
  • ४९ पटक पढिएको
सिटिजन्स बैंक इन्टरनेसनद्धारा महाकाली माविलाई शैक्षिक सहायक सामाग्री हस्तान्तरण

धादिङ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड गजुरी शाखा धादिङले सिद्धलेक गाउँपालिका–७ पिपलटारमा रहेको महाकाली माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर र १ थान स्क्यानर सहयोग गरेको छ । विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कार्यमा सहजता ल्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत सामाग्रीहरु हस्तान्तरण गरिएको शाखाका प्रबन्धक कृष्ण धितालले बताए ।

Advertisement

‘बालबालिका भविष्यका कर्णधार हुन् । उनीहरुको भविष्य सुन्दर बनाउन हामी सबैले भुमिका खेल्नु पर्छ । सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो’ उनले भने– ‘आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेका छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कामहरु विगतमा पनि भए र आगामी दिनमा पनि निरन्तरता हुन्छ ।’

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका २ सय शाखा, १ सय ६९ एटीएम तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट