धादिङमा निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ८ सय १९ जनाले सेवा लिए  

  • २०८३ बैशाख १५, मंगलबार (१ महिना अघि)
  • ३९ पटक पढिएको
धादिङमा निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ८ सय १९ जनाले सेवा लिए  

धादिङ– धादिङको बुढाथुममा सञ्चालन गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविरमा ८ सय १९ जनाले सेवा लिएका छन् । जनस्वास्थ्य कार्यालय धादिङले आयोजना गरेको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकमार्फत दन्त, नाक-कान-घाँटी, बालरोग, हाडजोर्नी, मुटु परीक्षण, आँखा, स्त्रीरोग, भिडियो एक्सरे (यूएसजी), परिवार नियोजन लगायतका सेवा प्रदान गरिएको थियो ।

शिविरमा दन्त सेवातर्फ ९१ जनाले उपचार गराएका छन् भने २५ जनाको दाँत निकालिएको थियो । ३ जनालाई थप उपचारका लागि धादिङ अस्पताल रेफर गरिएको जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी ताेया छत्कुलीले  जानकारी दिए । नाक-कान-घाँटीतर्फ ४५, बालरोगतर्फ २३ तथा हाडजोर्नीतर्फ ९३ जनाले सेवा लिएका छन् ।

इसीजी सेवाबाट ७१ जनाको परीक्षण गरिएको थियो भने २ जनालाई थप उपचारका लागि रिफर गरिएको थियो। यस्तै जनरल फिजिसियन सेवाबाट ४ सय ६१ जनाले उपचार लिएका थिए, जसमा ११ जनालाई रेफर गरिएको छ।

आँखा सेवातर्फ पहिलो दिन १ सय ७१ र दोस्रो दिन १ सय ६४ गरी कुल ३ सय ३५ जनाले सेवा लिएका थिए। मोतियाबिन्दुका १ जना बिरामी पहिचान भएका छन् भने २४ जनालाई आईएमएससी सेवा तथा २२ जनालाई एआरसी सेवा दिइएको थियो।

यूएसजी सेवाबाट १ सय ४० जनाको परीक्षण गरिएको थियो। स्त्रीरोग सेवातर्फ १ सय १७ जनाले सेवा लिएका थिए। शिविरमा परिवार नियोजनतर्फ १ जनाले इम्प्लान्ट, १ जनाले आईयूसीडी तथा १ जनाले भ्यासेक्टोमी सेवा लिएका थिए।

एउटै व्यक्तिले २/३ प्रकारका समेत सेवा लिएका छन्। धादिङ अस्पतालका चिकित्सक टाेलीले स्वास्थ्य शिविरमा विरामी परिक्षण, उपचार तथा औषधी वितरण गरेकाे थियाे ।

दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। स्थानीयवासीले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले शिविरको उद्घाटन गर्दै यस्ता स्वास्थ्य शिविरले नागरिकहरूमा नियमित स्वास्थ्य चेक जाँच गर्ने बानीको विकास हुने बताएका थिए ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट