





























काठमाडौं– बागमती प्रदेशमा बैशाख २४ गते बिहीबार सार्वजनिक विदा दिइने भएको छ । २०८१ बैशाख २४ गते देखि तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा लागू गरिएको दिनको अवसरमा विदा दिइएको हो।

वैशाख २४ गते अर्थात् भोलि सार्वजनिक विदा दिइने बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले जानकारी दिएको छु। बागमती प्रदेशका सबै सरकारी कार्यालयहरुमा सार्वजनिक विदा हुने जनाइएको छ । विदाको अवसरमा तामाङ र नेपाल भाषासँग सम्बन्धित विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
