





























काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ ।
विद्यार्थीले ९ बजेपछि नतिजा हेर्नसक्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।
विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो ।
नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।
यसरी हेर्न सकिन्छ नतिजा
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
–नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
–जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
–एम्बिसन गुरु: ३१०६९ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी हेर्ने?
–आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
–नेपाल टेलिकम: www.see.ntc.net.np
–कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
–इडियु सञ्जाल: www.see.edusanjal.com
–खल्ती: https://khalti.com/app


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
