एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा सूचारु

  • २०८३ बैशाख ३०, बुधबार (३ हप्ता अघि)
  • ३७ पटक पढिएको
एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा सूचारु

काठमाडौं- एक सातादेखि अवरुद्ध बनेको राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा सूचारु भएको छ । बैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा समस्या आएपछि राष्ट्रिय परिचय पत्रसम्बन्धि अवरुद्ध बनेको सेवा सूचना प्रणालीमा देखिएको समस्या समाधान भएपछि सूचारु भएको हो ।

Advertisement

बैशाख २१ र २२ गते आउने जाने गरेपनि २३ गतेबाट भने सेवा ठप्पै बनेको थियो । बैशाख ३० गतेदेखि भने सेवा सूचारु रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा सूचारु भएको सूचना समेत प्रकाशन गरि जानकारी दिएको छ ।

सूचना प्रणालीमा समस्या भएपछि देशैभर राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवाहरु प्रभावित बनेका छन् । राष्ट्रिय परिचय पत्र विवरण सच्याउने सेवा, जन्मदर्ता गर्दाका वखत राष्ट्रिय परिचय नम्बर प्राप्त NIN generate हुने सेवा, सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण गर्दा Biometric रुजु हुने सेवा, राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणाली NIDMIS सँग अन्तरआवद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध बनेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट