धादिङको उप्रेती गाउँमा हट्यो खानेपानी समस्या

  • २०८३ जेष्ठ १९, मंगलबार (१९ घण्टा अघि)
  • १३ पटक पढिएको
धादिङको उप्रेती गाउँमा हट्यो खानेपानी समस्या

धादिङ– धादिङको गजुरी गाउँपालिका–१ खानीपँधेरा स्थित उप्रेती गाउँबासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने भएको छ । नेपाली सेनाको पहलमा १५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिएसँगै स्थानीयबासीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित हुने भएको हो ।

Advertisement

पहाडी भौगोलिक अवस्था, पर्याप्त खानेपानी स्रोतको अभाव जस्ता समस्याले पानीको समस्या भोग्दै आएका थिए । एक गाग्री पानीको जोहो गर्न घण्टौं समय खर्चिन बाध्य थिए । बिहान–बेलुका धारामा लामो लाइन लाग्ने, पर्याप्त पानी नपाउने तथा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता उनीहरूको दैनिकी बनेको थियो । तर गाउँमै रहेको कुवामा १५ हजार लिटर क्षमताको ट्याङकी बनेपछि खानेपानीको समस्या समाधान हुने भएको हो ।

श्री भैरव गण गजुरी ब्यारेकले द्रुत प्रभाव परियोजना (क्यूआईपी) अन्तर्गत खानेपानी ट्याङ्की तथा धारा निर्माण गरिएको हो । यो खानेपानी ट्याङ्की र धाराबाट करिब १ हजार ५ सय स्थानीय प्रत्यक्ष लाभान्वित बन्नेछन् । श्री भैरव गण गजुरी ब्यारेकका गणपति असीम श्रेष्ठका अनुसार ग्रामीण बस्तीमा स्वच्छ खानेपानीको पहुँच विस्तार गरी जनजीवन सहज बनाउने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । ५ लाख १५ हजार रुपैयाँमा खानेपानी ट्याङ्की निर्माण गरिएको छ । नियमित खानेपानी आपूर्तिले स्वास्थ्य, सरसफाइ तथा समग्र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताए ।

कुल ५ लाख १५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिनेछ । साथै स्थानीय तह र उपभोक्ताको सक्रिय सहभागितामा यसको संरक्षण तथा दीर्घकालीन व्यवस्थापन गरिने उनले बताए । खानेपानीको समस्या समाधान हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट