





























धादिङ- धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् संसदीय सुनवाई समितिका अध्यक्ष बोधनारायण श्रेष्ठले हनिमुन पिरियडमै रहेको सरकारलाई प्रश्नै प्रश्न थुपारिएको बताएका छन् । सरकार बनेको १०० दिन नपुग्दै विरोध गर्ने वा प्रश्न उठाइहाल्ने बेला नभएको उनले बताए ।
नेपाल पत्रकार महासंघ धादिङको २४औं साधारणसभा उद्घाटन समारोहको सम्बोधन गर्दै सांसद श्रेष्ठले आफ्नो कामको सुरुवात मात्र गरेको सरकारलाई प्रश्न गर्न हतार गरिएको बताए।
‘हनिमुन पिरियड कटाउन नसकेको सरकारलाई यतिधेरै प्रश्नहरु अलि बढी नै भयो की ? संचारमैत्री कानून नबनेको दोष पनि यही सरकारले लिनुपर्ने हो र ? त्यसको लागि आन्दोलन गर्ने बेला भयो ? यो आन्दोलन पहिल्यै गर्नुपर्ने होइन ? कहिले काही सहि प्रश्न सहि समयमा भनिएन भने त्यसको सही उत्तर आउँदैन’ पत्रकारहरुलाई इंगित गर्दै उनले प्रश्न गरे ।
‘संसदीय व्यवस्थामा नयाँ सरकार गठन भएको सुरुवाती १०० दिनलाई ‘हनिमुन पिरियड’ का रूपमा लिने गरिन्छ, जसलाई सरकारको नीति तथा कार्यक्रमको जग बसाल्ने समय मानिन्छ’ उनले भने- ‘देश र जनताको विकास तथा समृद्धिका लागि सरकार निरन्तर लागिरहेको छ । सरकारका राम्रा काममा सकारात्मक टिप्पणी गरिदिनुहोस् । तर हनिमुनको पिरियड रहेको सरकारलाई प्रश्नै प्रश्न थुपार्ने बेला भएको छैन ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
