





























धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई सम्मान गरिएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले उत्कृष्ट जिल्ला शाखाको रूपमा जिल्ला शाखा धादिङलाई सम्मान गरेको हो ।
पत्रकारहरूको हकहित तथा पेशागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुका साथै सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्याङ्कनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको नेपाल पत्रकार महासंघ बागमती प्रदेशले जनाएको छ । नेपाल पत्रकार महासंघ अन्तर्गतका धादिङ शाखा सम्मानित भएको हो ।
धादिङ शाखालाई गरिएको यो सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिलेको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
