जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

  • २०८३ आश्विन ७, बुधबार (८ मिनेट अघि)
  • ८ पटक पढिएको
जेनजी शहीद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

काठमाडौं– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने भएको छ । शहीदका छोराछोरी, दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइतेलाई निःशुल्क पढाउन लागिएको हो ।

Advertisement

‘जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको हो । निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय तहमार्फत उपलब्ध गराइने प्रस्ताव रहेको छ । माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का लागि नगदसहित पोसाक तथा पाठ्य र सिकाइ सामग्रीबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

त्यसैगरी, स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई छुट्याउनु पर्ने व्यवस्था गरिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट