नीलकण्ठ कांग्रेस सभापतिमा धर्मराज भण्डारी(राजकुमार) निर्विरोध निर्वाचित

  • २०८३ आश्विन १२, सोमबार (१४ मिनेट अघि)
  • ५ पटक पढिएको
नीलकण्ठ कांग्रेस सभापतिमा धर्मराज भण्डारी(राजकुमार) निर्विरोध निर्वाचित

धादिङ– नेपाली कांग्रेस नीलकण्ठ नगरपालिकाको सभापतिमा धर्मराज भण्डारी (राजकुमार) सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी नीलकण्ठ नगरपालिका–१२ का वडा अध्यक्ष हुन् ।

Advertisement

उपसभापतिमा दिपक दाहाल, उप सभापति (महिला) मिथिला अधिकारी, सचिव सन्तोष थापा, सहसचिव सुदर्शन कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

वडाहरुतर्फबाट वडा नम्बर १ बाट भुपाल गुरुङ र कविता गुरुङ, वडा नम्बर २ बाट नव बहादुर थापा मगर र लिला गुरुङ, वडा नम्बर ३ बाट सिताराम रिजाल र अम्बिका रिजाल, वडा नम्बर ४ बाट अम्बर गुरुङ र जानुका मिजार, वडा नम्बर ५ बाट कुमारलाल श्रेष्ठ र गीता श्रेष्ठ, वडा नम्बर ६ बाट कुमारी खान, वडा नम्बर ७ बाट मिठे विक र मञ्जु मगर, वडा नम्बर ८ बाट छविप्रसाद काप्री र अशन कुमाल, वडा नम्बर ९ बाट रामकृष्ण मगर र शिव कुमारी लम्साल, वडा नम्बर १० बाट राजन धरेल र पार्वती काराखेती, वडा नम्बर ११ बाट सन्तोष श्रेष्ठ, वडा नम्बर १२ बाट देवेन्द्र अधिकारी र यशोदा कुमाल, वडा नम्बर १३ बाट नवराज थापा क्षेत्री र सुर्य कुमारी लामिछाने, वडा नम्बर १४ बाट रामकृष्ण राना मगर र कमला गुरुङ सदस्य रहेका छन् ।

त्यस्तैगरी, सदस्यहरुमै युवातर्फ पवन शर्मा, अमृत नेपाल र लक्ष्मी कुमाल रहेका छन् । दलिततर्फ राजु विक र काली रोक्का रहेका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य पालिकाहरुमा निर्वाचन भए पनि नीलकण्ठ नगरपालिकाले भने सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट