धादिङ– धादिङको फुर्केखोलामा ‘पन्टुन ब्रिज’ (तैरिने पुल) तिहारपछिबाट हालिने भएको छ । जिल्ला सदरमुकामसहित उत्तरी धादिङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मूख्य मार्ग मलेखु फुर्केखोलामा पन्टुन ब्रिज राख्न लागिएको हो ।


भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि फुर्केखोला पुल भएर आवतजावत गर्ने यात्रुहरुले सास्ती खेप्दै आएका छन् । अहिले धादिङको स्थानीय सरकारले सयुक्त रुपमा अस्थायी रूपमा ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गर्न लागिएको हो ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा हाल्नका लागि ल्याइएको हो । शनिवारदेखि रंगरोगनको काम गरेर तिहारपछिबाट पुल हाल्ने काम गरिने बताइएको छ ।
#पन्टुन_ब्रिज
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
