भोटेकोसी बाढीमा आफन्त गुमाएका धादिङका प्रभावित परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग (भिडियो रिपोर्ट)

  • नेपाल पथ
  • २०८३ मंसिर ८, सोमबार (२ मिनेट अघि)
  • १  पटक पढिएको
भोटेकोसी बाढीमा आफन्त गुमाएका धादिङका प्रभावित परिवारलाई दिपा फाउन्डेसनको आर्थिक सहयोग (भिडियो रिपोर्ट)

धादिङ- गत भदौ १० गतेको भोटेकोसी बाढीमा आफन्त गुमाएका परिवारलाई दिपा फाउन्डेसन नेदरल्यान्ड्सले घरमै पुगेर आर्थिक सहयोग गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाभित्रका बाढी प्रभावित परिवारलाई भेटेरै फाउन्डेसनको टोलीले परिवार सहायता कोष (रिलिफ फन्ड) मार्फत सहयोग रकम हस्तान्तरण गरेको हो ।

Advertisement

नीलकण्ठ नगरपालिकाको समन्वय तथा वडा नम्बर १२ का वडाध्यक्ष धर्मराज भण्डारी (राजकुमार) र फाउन्डेसनका नेपाल प्रतिनिधि गोविन्द सापकोटाको विशेष पहलमा प्रभावित परिवारको घरमै पुगेर ‘परिवार सहायता कोष’ (रिलिफ फन्ड) मार्फत रकम हस्तान्तरण गरिएको हो । फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एर्विन होभेन्स, बोर्ड सदस्य जोलान्डा होभेन्स ग्लाभिमान्स, सचिव रोबर्ट स्टिग र स्वयंसेवक लुक स्टिगसहितको टोलीले २० भन्दा बढी प्रभावित परिवारको वास्तविक अवस्था बुझेर आवश्यकताका आधारमा प्रतिपरिवार ४० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गरेको हो ।

भिडियो रिपोर्ट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट