धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ।
मंगलबार काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिकाका २८ वर्षीय बरुणप्रसाद भट्टको घटनास्थलमै ज्यान गएको हो ।
टिपरका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ का ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
