धादिङमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड शुरु

  • २०८० माघ १४, आईतबार (६ महिना अघि)
  • २१४ पटक पढिएको
धादिङमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड शुरु

धादिङ- धादिङमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारबाट जिल्ला सदरमुकाम धादिङबेशीमा शुरु भएको हो ।

Advertisement

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति भएको बताएका छिन् । खेल क्षेत्रलाई प्रदेशले उच्च प्राथमिकता दिएर काम गरि रहेको छ । उनले भनिन्– ‘प्रदेश सरकारले खेल क्षेत्रका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको छ । धादिङमा यो कवर्डहल परिसरमा मैदान निर्माणका लागि पनि प्रदेश सरकारले सहयोग गर्छ ।’

प्रतियोगितामा भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्सका फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू खेलाइने खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिए ।

१६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३३० पदकका लागि प्रतिस्पर्धा हुने उनले बताए । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको खेलहरु हुनेछन् । जिल्लाको १३ वटै पालिकाबाट करिव ९५० जना खेलाडीहरु सहभागी भएका छन् । यस प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्र÷छात्राहरुले भाग लिन पाउने छन् । जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन् । यसअघिको १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले हात पारेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट