३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइदै

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • १६८ पटक पढिएको
३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइदै

काठमाडौं– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइदै छ । आधुनिक नेपालको एकीकरण गरेका शाहको योगदानको स्मरण गर्दै कार्यक्रममा श्रद्धासुमन अर्पण पनि गरिने छ ।
वि.सं १७७९ मा जन्मनुभएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन र सफल पारेका थिए । आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकता जोगाउन विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।
आधुनिक नेपालको एकीकरण गरेका शाहको ५२ वर्षको उमेरमा वि.सं १८३१ मा निधन भएको हो ।

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट