गिटी बालुवामा भन्दा कृषिमा लगानी गर्नुपर्छ– मूख्यमन्त्री जम्कट्टेल

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • २१७ पटक पढिएको
गिटी बालुवामा भन्दा कृषिमा लगानी गर्नुपर्छ– मूख्यमन्त्री जम्कट्टेल

धादिङ्ग- कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताएका छन् । खेतीयोग्य तथा सार्वजनिक जमिन मासेर बालुवाको ढिस्कोमा हुने गरेको लगानी बन्द गर्नुपर्ने उनले बताए ।

Advertisement

अब सबै पालिकाले कृषि उपजलाई जोड दिइ पकेट क्षेत्र बनाउनुपर्ने धादिङ्ग उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं धादिङ्ग महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले यस्तो बताएका हुन् । ‘अब चाउचाउ विस्कुट कोकाकोला मात्र बेच्ने होइन । सिंगो धादिङ्गमा कृषि क्षेत्रको उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्छ । महोत्सवले पनि यसमा सहयोग गर्नुपर्छ’ उनले भने ।

‘हाम्रा दाजुभाई दिदिबहिनीहरुलाई बालुवाको ढिस्कोतिर लगानी गर्न लगाउनु हुँदैन । हामीले कृषि पेशामा लगानी गर्न लगाउनुपर्छ’ उनले भने– ‘स्थानीय युवालाई रोजगार सिर्जना गर्दै व्यवसायीहरुलाई कृषि व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । बागमती प्रदेशले कृषि क्षेत्रमा देश कै आधुनिक मोडलमा लैजाने तयारी गरिरहेको छ । बागमती प्रदेश सरकारले ८५ वटा पालिकालाई कृषिमा पकेट क्षेत्र बनाएर पाँच लाख किसानलाई जोड्ने र सबै किसान त्यसको सदस्य हुने गरी नेपालकै नमुना मोडलको रुपमा अभ्यास गर्न लागेको छ ।’

 

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित नवौं धादिङ महोत्सव गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा बुधबारबाट शुरु भएको हो । महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिका कला संस्कृति, जातिय पहिचान झल्कने भेषभुषा, झाँकी, पञ्चैबाजा सहितको ¥याली निकालेका थिए । बुधबारबाट शुरु भएको नवौ धादिङ महोत्सव माघ २१ गतेसम्म चल्नेछ ।

पर्यटन कृषि, घरेलु उद्योग लगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका दुई सय ५० स्टलहरु रहेका छन् । महोत्सवमा पाँच करोड भन्दा बढीको व्यापार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट