धादिङका रजनी र रुपक तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँचमा

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • ११२९ पटक पढिएको
धादिङका रजनी र रुपक तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँचमा

काठमाडौं– धादिङका रजनी लामा र रुपक परियार तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

Advertisement

थाक्रे गाउँपालिका–५ धादिङकी रजनी लामाको मिठो बोलीले भन्ने बोलको गीत वेष्ट सिंगर फिमेलको उत्कृष्ट पाँचमा परेको हो । वेष्ट सिंगर फिमेलतर्फ रजनी लामासँगै रुपा घर्तीमगरको निर्मोहि, शर्मिला विश्वकर्माको आज सँगै, अमृता श्रीपालको राजाराजी दुई र पुजा देवकोटाको मैले मात्रै सम्झेएर बोलको गीत रहेका छन् ।

नेपाली गीत संगीतकर्मीहरुको सम्मानार्थ विशाल मुभिज् प्रा.लि. अनामनगरले स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगमा तेस्रो राष्ट्रिय विशाल लुम्विनी लोक दोहोरी अवार्ड २०८० को आयोजना गरेको हो ।

‘मेरो गीतहरु दर्शक श्रोताले रुचाइदिनु भएको छ । अहिले उत्कृष्ट पाँचमा परेको गीत पनि करिव सवाँ करोड भ्यूज गएको छ । विना बुस्ट ओरिजिनल यति भ्यूज भनेको दर्शक श्रोताको माया हो र मैले जित्ने आधार पनि हो भन्ने लाग्छ’ रजनी भन्छिन्– ‘निरन्तर रुपमा गीत संगितको क्षेत्रमा लागिरहेको छु । मनोरञ्जनसगै समाज रुपान्तरणमा गीत संगितले पनि उस्तै भूमिका खेलेको छ । अवार्ड जितिने आशा छ, हेरौं के हुन्छ । उत्कृष्ट पाँचले पनि भविष्यमा अगाडी बड्न मेरा लागि हौसला र जिम्मेवारी थपेको महसुस गरेको छु । मैले जित्नु भनेको धादिङले जित्नु हो । म रजनी लामालाई इसेवा मार्फत भोट गरेर जिताइदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै, काठे सिंगर पुरुषतर्फ धादिङकै रुपक परियारको खानीखोला छेउ बोलको गीत उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । परियारसँगै वेष्ट सिंगर मेलतर्फ इश्वर सापकोटाको आकाशैमा जुन छ, कुमार चालिसेको साल बिसाउनी, विदुर खड्काको मेरो परान र विष्णु थापाको ज्यान चोखो बोलको गीत रहेका छन् ।

तेस्रो राष्ट्रिय विशाल लुम्विनी लोक दोहोरी अवार्ड २०८० को फाइनल आगामी फागुन महिनामा काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट