एमाले धादिङको स्थगित अधिवेशन फागुन १ गतेबाट सुरु हुने

  • नेपाल पथ
  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १५४ पटक पढिएको
एमाले धादिङको स्थगित अधिवेशन फागुन १ गतेबाट सुरु हुने

 

Advertisement

काठमाडौं– नेकपा एमाले धादिङको स्थगित भएको नवौं अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ ।

संगठन विभागको अध्ययन र निष्कर्षपछि फागुन १ गते नेकपा एमाले धादिङको स्थगित भएको अधिवेशनको बन्द सत्र सुरु हुने निर्णय भएको नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीले जानकारी दिए । नेकपा एमालेविच विवाद उत्पन्न भएपछि स्थगित बनेको अधिवेशन फागुन १ गते बाट सुरु हुने भएको हो ।

एमाले नवौँ जिल्ला अधिवेशन स्थगित भएपछि नेकपा एमाले केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेल र सदस्य भानुुभक्त ढकालको टोलीले जिल्ला पार्टी कार्यालय, बारबाट लडेर घाइते भएका एक घाइते लगायतलाई भेटेर घटना बारे छानविन गरेको थियो । प्रतिनिधि छनौट प्रकृया तथा निर्णयहरुका बारेमा समेत छलफल गरेको र दस्तावेजहरुको अध्ययन गरेको हो ।

संगठन विभागले नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयमा पटक पटक संगठन विभाग, धादिङमा खटाइएका पार्टी इन्चार्ज, पालिका इन्चार्ज, तथा सिन्धुलीका पार्टी इन्चार्ज, प्रदेश कमिटिका अध्यक्ष तथा नेकपा एमाले धादिङका पदाधिकारी लगायतसंग पटक पटक बैठक र छलफल गरेको छ ।

बन्दसत्रमा नेकपा एमाले केन्द्रीय संगठन विभागको समेत सहभागिता रहने छ । जिल्लाका छनौट भएका प्रतिनिधिहरुलाई सबैको मोबाइलमा म्यासेज गरेर बोलाइएको नेकपा एमाले धादिङले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट