नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का नागरिकलाई निःशुल्क आँखा जाँच सेवा

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • ६८८ पटक पढिएको
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का नागरिकलाई निःशुल्क आँखा जाँच सेवा

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का नागरिकले निशुल्क आँखा जाँच सेवा पाउने भएका छन् । नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले निःशुल्क आँखा जाँच सेवा सुरु गरिएको हो ।

Advertisement

 

जिल्लाको सदरमुकाम धादिङबेशीबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै निशुल्क आँखा जाँच सेवा सुरु गरिएको वडा नम्वर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । २०८० फागुन १ गतेदेखि २०८१ माघ मसान्तसम्म सेवाग्राहीले निःशुल्क सेवा लिन पाउँछन् । सम्झौता एक वर्षको भएपनि समयसिमा थपिदै जाने उनले बताए ।

‘वडा नम्बर ३ का नागरिक सबैले निःशुल्क आँखा जाँच गर्न पाउँछन् । त्यससँगै नीलकण्ठ– ३ मा रहेका एक हजार सात सय २२ व्यवसायीहरुले पनि निशुल्क सेवा पाउँछन् । त्यसको लागि वडाले वजेट विनियोजन गरी तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङसँग सम्झौता पनि गरिसकेको छ । स्वास्थ्य सेवा लिइ फाइदा लिनुहुन सबैमा अनुरोध छ’ वडा अध्यक्ष श्रेष्ठले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%३%

    खोजी गर्नुहोस

    ताजा अपडेट