इन्द्रेणी ७औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता फागुन पाँच गतेबाट धादिङमा हुदै

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १२०३ पटक पढिएको
इन्द्रेणी ७औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता फागुन पाँच गतेबाट धादिङमा हुदै

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं– इन्द्रेणी ७औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता– २०८० फागुन ५ गतेबाट धादिङको चरौदीमा हुने भएको छ । नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले फागुन ५ गते देखि ८ गतेसम्म हुने दोहोरी गीत प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

दाहोरी प्रतिष्ठान नेपालले राष्ट्रिय संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले राष्ट्रव्यापी रुपमा उत्कृष्ट दोहोरी गीत प्रतियोगिता गराई उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष अध्यक्ष रिता थापा मगरले बताइन् ।

अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ । प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिनेछ उनले बताइन् । संस्थाको आधिकारिक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिनेछ । ईन्द्रणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारी गीत प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताइन् ।

 

धादिङ स्थानीय व्यवस्थापक रहने यस कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिव पचास लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाई छ ।

राष्ट्रिय रनिङ शिल्ड दोहारी गीत प्रतियोगितामा विजयीले प्रथम पुरस्कार तीन लाख, द्धितिय पुरस्कार दुइ लाख, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार पचास हजार प्रदान गरिने छ । प्रतियोगी कलाकारहरु मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रमको प्रबर्द्धकका रुपमा नेपाल पर्यटन बोर्ड, टोखा नगरपालिका, टोखा नगरपालिका वडा नं ७ साथै राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहनेछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट