काठमाडौं– नीलकण्ठ नगरपालिका–३ धादिङका सन्दिप अधिकारी सितोरियो कराँते खेल खेल्न बुधबार युएइ गएका छन् । युएइमा हुन लागेको कराँते खेलमा नेपालबाट भाग लिन उनी युएइ गएका हुन् ।
अन्तर्राष्ट्रिय खेल खेल्न निकै उत्साहित बनेको अधिकारी बताउँछन् । ‘नेपालमा जिल्ला, प्रदेश स्तरका खेलहरु खेलेँ । थुप्रै अनुभवहरु बटुलेँ । देशले विश्वास गरेको छ । म सँगै २२ जना युएइ आइपुगेका छौं’ उनले भने– ‘अन्तर्राष्ट्रिय खेलमा यो मेरो पहिलो अनुभव हो । अन्तर्राष्ट्रिय स्तरमै अनुभव लिन पाउँदा खुषी त यसै छु नै । मैले जीतेँ भने नेपालले जित्नेछ । जीत आफ्नो पक्षमा पारेर नेपाललाई जिताएर घर फर्कने विश्वास पनि छ ।’
१९ वर्षिय सन्दिप बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् । खेल जगतमा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन उनको परिवार, विद्यालय तथा कराँतेका गुरुहरुको ठूलो देन रहेको उनले बताए ।
‘सानै उमेरदेखि खेलाडी बन्ने चाहाना राखेकोले कराँते सिक्न पठाइयो । पहिले त स्वस्थ बन्छ, साथीभाई पनि गएका छन् भनेर पठाइयो । तर अहिले अन्तर्राष्ट्रिय स्तरमै कराँते खेल्न छोरा विदेश जादा निकै खुषी लागेको छ’, सन्दिपका बुबा दिपक अधिकारीले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।