





























एजेन्सी– पूर्व प्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा हजारौँले प्रदर्शन गरेका छन् । एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पूर्व प्रधानमन्त्री खानको रिहाइको माग गर्दै पाकिस्तानको राजधानी इस्लामाबादमा हजारौँ मानिसले सडकमा प्रदर्शन गरेका हुन् ।


प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले खानमाथि लगाइएको आरोप राजनीतिक उक्साहट मात्र भएको बताउँदै आएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरिएका तस्बिर र भिडियोहरूले देशका विभिन्न भागबाट खानका समर्थकहरूलाई इस्लामावादतर्फ अघि बढेको देखाएका अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
विरोध प्रदर्शनमा सहभागीले खानलाई जेलमुक्त नगरेसम्म शान्त भएर नबस्ने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
