





























काठमाडौं– सूर्यविनायक–धुलिखेल सडक निर्माणका काम रोकिदा यात्रु तथा सर्वसाधारणले सास्ति खेप्नु परेको छ । २०७९ सालदेखि निर्माण सुरु गरिएको सडक विगत ६ महिनादेखि विस्तारको काम ठप्प रहेको छ ।


०८२ मंसिरसम्म सक्ने लक्ष्य राखिएको यस सडकको काम रोकिदा सकसको यात्रा गर्न बाध्य भएका छन् । कछुवा गतिमा चलिरहेको सडक निर्माणको काम पनि रोकिदा स्थानीय र सडकमा हिँड्ने सर्वसाधारणहरु चिन्तामा परेका हुन् । पूर्व जाने महत्वपूर्ण राजमार्गहरूलाई जोड्ने ६ लेनको सडकको काम समयमै सम्पन्न नहुने निश्चित नै छ । कहिले हिलो त कहिले धुलोले स्थानीय तथा यात्रुहरु वाक्क भएको बताउँछन् ।
‘सडकको अवस्था हेर्दा दिक्क लाग्छ । झन अहिले त बनाउन पनि बन्द गरिएको छ । कहिले बन्ला यो सडक’ चालक विजय तामाङले भने– ‘सकसको र जोखिमको यात्रा कहिलेसम्म ?’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
