धादिङको आदमघाटमा माइक्रोबस र ट्रक ठोक्किदा १६ जना घाइते

धादिङको आदमघाटमा माइक्रोबस र ट्रक ठोक्किदा १६ जना घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाटमा माइक्रोबस र ट्रक ठोक्किदा १६ जना घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए । उनीहरूलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रिफर गरिएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख ६६६ नम्बरको हाइस र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक धादिङको गल्छी गाउँपालिका- ४ स्थित आदमघाटमा ठोक्किएको हो ।

दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

खोजी गर्नुहोस

ताजा अपडेट