विषालु हावाले निस्सासियो काठमाडौं, जनजीवन प्रभावित

  • २०८१ चैत्र २२, शुक्रबार (१ साल अघि)
  • ३९१ पटक पढिएको
विषालु हावाले निस्सासियो काठमाडौं, जनजीवन प्रभावित

काठमाडौं- विषालु हावाले निस्सासिदा काठमाडौंको जनजीवन प्रभावित बनेको छ । धुलोधुवाँका कण वायुमण्डलको सतहमै फैलिँदा काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेपछि जनजीवन प्रभावित बनेको हो ।

Advertisement

बहीबार बिहान काठमाडौंको वायु प्रदूषण सूचकांक (एक्युआई) ३७३ सम्म पुगेको थियो । २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थकर र ३०१ देखि ४०० पुग्नुलाई घातक मानिन्छ । विषालु हावाका कारण आँखा दुख्ने, पोल्ने, पिरो हुने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।

गत सोमबारदेखि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पर्दै आएको आइक्यू एयरको वेबसाइटमा देखिन्छ । निकै प्रदूषित भनेर चिनिने दक्षिण एसियाका दिल्ली, ढाका र लाहोर सहरलाई पनि काठमाडौंले पछि पार्दै विश्वकै प्रदूषित सहर भएको छ । यसअघि ०७७ मा पुस र चैतमा काठमाडौंको वायु प्रदूषण घातक अवस्थामा पुग्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।

वातावरण विभागका वायु गुणस्तर अनुगमन स्टेसनमा पनि प्रदूषणको मात्रा उच्च देखिन्छ । बिहीबार राति १० बजे औसत एक घण्टामा एक्युआईको मात्रा भक्तपुरमा ४५४, रत्नपार्कमा २२१, खुमलटारमा २१० र शंखपार्कमा १९८ देखिन्छ ।

उपत्यकामा प्रदूषित हावा झन्झन् थपिँदै गएको छ । विषालु हावाले काठमाडौ निस्सासिदा जनजीवन प्रभावित बनेको छ । कोभिड– १९ मा मास्क अनिवार्य गरेझैँ वायु प्रदुषणबाट बच्न पनि मास्क लगाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट