रास्वपाका सभापति रवि लामिछाने पक्राउ

  • २०८१ चैत्र २२, शुक्रबार (१ साल अघि)
  • ६०१ पटक पढिएको
रास्वपाका सभापति रवि लामिछाने पक्राउ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ परेका छन् । काठमाडौंको हात्तिगौडास्थित निवासबाटै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

Advertisement

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै थुनामा पठाउने आदेश दिएपछि उनी पक्राउ परेका हुन्। पक्राउ पर्नुअघि सभापति लामिछानेले आफू गिरफ्तारी दिन तयार रहेको बताएका थिए।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो।

उनले फेसबुकमा लेखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु।’ उनले आफूमाथि ठूलो अन्याय भएको बताउँदै न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन् । ‘न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै। न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु। ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन्।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट