पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं– पृथ्वी राजमार्ग एकतर्फी सुचारु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बादरेमोड नजिकै सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको हो ।

ठुल्ठुला ढुंगा रहेकोले पहिरो पन्छाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । अहिले राजमार्ग एकतर्फी संचालनमा आएको छ । जेसिवीको प्रयोग गरि दुईतर्फी बाटो खुलाउने प्रयास भइ रहेको छ  । करिव ११ बजेसम्म दुईतर्फी बाटो संचालनमा ल्याइने प्रहरी नायव उपरीक्षक हमालले बताए ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट